ठेकेदार पाण्डेलाई सहरी विकास मन्त्रालयको साँचो

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट विवादित ठेकेदार विक्रम पाण्डेले सहरी विकास मन्त्रीको रुपमा शपथ लिएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित ठेकेदार विक्रम पाण्डेलाई शपथ खुवाएकी हुन् ।
राप्रपाबाट सहरी विकास मन्त्री हुन् लागेका पाण्डे ठेक्कापट्टाको काम गर्छन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् ।
सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ । अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ ।
सिक्टा सिचाइ परियोजनाको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा लगाएका पाण्डेलाई विशेष अदालतले सफाइ दिएको थियो ।
यसअघि भूमिसुधार मन्त्री हुँदा पनि पाण्डे विवादमा आएका थिए । पाण्डेको अमेरिकाको मेरील्याण्डस्थित ह्वाइट मार्समा भव्य महल र मंहगो गाडी रहेको भ्नदै त्यतिबेला समाचार सार्वजनिक भएको थियो ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया