अमेरिका र चीनबीचको तनाव विश्वकै सबैभन्दा ठूलो समस्या : हेनरी किसिन्जर

काठमाडौँ : अमेरिकाका पूर्व कूटनीतिज्ञ हेनरी किसिन्जरले अमेरिका र चीनबीचको तनाव विश्वकै सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । दुई महाशक्तिबीचको तनावका कारण उत्पन्न हुनसक्ने खतरा, शितयुद्व भन्दा भयानक हुने किसिन्जरको ठम्माई थियो ।
अमेरिकाका पूर्व विदेश मन्त्री समेत रहेका किसिन्जरले अमेरिका र चीन दुबै ठला अर्थतन्त्र रहेका, सैन्य क्षमता र प्रविधिमा पनि बाँकी विश्व भन्दा अगाडि रहेकाले दुई मुलुकबीच सम्बन्ध चिसिँदा शितयुद्वको भन्दा फरक अवस्था सिर्जना हुने दाबी गरे ।
‘चीनसँगको सम्बन्धमा तनाव भए त्यो अमेरिकाका लागि सबैभन्दा ठूलो समस्या त हुँदै हो । बाँकी विश्वका लागि पनि ठूलो खतरा हो । यदि दुई मुलुकबीच सम्बन्ध सुधार भएन भने त्यसले पुरै विश्वलाई नयाँ किसिमको शितयुद्वमा पुर्याउनेछ,’ म्याककेन इन्स्ट्च्यिुट नाम गरेको थिंक ट्याकंले आयोजना गरेको कार्यक्रममा बोल्दै ९७ वर्षीय किसिन्जरले भने ।
संयोगबस किसिन्जर र अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनको भनाई एकैसमयमा आएको छ । अमेरिकी सेनामा चार तारे जनरल रहिसकेका अस्टिनले आफ्नो मुलुकले अब लड्ने युद्व पहिलेको भन्दा फरक हुने अभिब्यक्ति दिएका थिए । हवाईस्थित अमेरिकी सेनाको प्यासिफिक कमाण्डलाई सम्बोधन गर्दै अस्टिनले अत्याधुनिक प्रविधिको विकास भएसँगै युद्वको स्वरुप नै फरक हुने दाबी गरेका थिए ।
आणविक हतियारको प्रयोगले विश्वलाई तहसनहस बनाउने अवस्था रहेकोमा अब ‘आर्टिफिसियल इन्टिलिजेन्स’ पनि थपिएको किसिन्जरले टिप्पणी गरे । ‘आज भन्दा ७० वर्ष अगाडि अहिलेको जस्तो प्रविधिको विकास हुन्छ भनेर कल्पना गरिएको थिएन । आणविक हतियारको विकासले निम्ताएको समस्या त छँदै थियो, अब आर्टिफिसियल इन्टिलिजेन्स पनि थपिएको छ । अमेरिका र चीनले प्रविधि विकासमा नसोचेको सफलता हासिल गरेका छन् । यी दुई मुलुक भिडे भने अकल्पनिय क्षति हुन्छ,’ किसिन्जरको भनाई थियो ।
शितयुद्वताका तत्कालिन सोभियत संघको सैन्य क्षमता बलियो भए पनि अर्थिकरुपमा कमजोर देखिएको बताउँदै चीन भने दुबै पक्षमा शसक्त भएको किसिन्जरको धारणा थियो । उनले अमेरिका र चीनबीच वार्ता र कुराकानी भइरहनु पर्नेमा पनि जोड दिए । (दी गार्डियन तथा रोयटर्सको सहयोगमा)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया