सर्वदलीय बैठक बस्दै, राष्ट्रपति र सभामुख चयनमा राष्ट्रिय सहमति जुटाउने प्रयास

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । आफूलाई विश्वासको मत दिने दलहरूसँग राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका हुन् । राजकीय पदहरूको लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको बताएका छन् ।
सभामुख/उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डको भनाइ छ । 'विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ,' सोमबार ओलीसँगको भेटपछि प्रचण्डले भनेका थिए ।
प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नु पर्नेछ ।
पुस १० गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दल र स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई पुस २६ गते कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसहितका गरेर २६८ सांसदले विश्वासको मत दिएका थिए ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया