आगामी अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : ट्रम्प
'पहिलो चरणमा उक्त खाेप अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरूलाई दिइनेछ'

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुध्दको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचन परिणामपछि पहिलाेपटक सहभागिता जनाएको एक कार्यक्रममा उक्त धारणा राखेको अमेरिकी संचार माध्यमहरूले जनाएका छन् । हालै सम्पन्नअमेरिकी निर्वाचनमा उनले पराजय भोगेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताए ।
'आगामी अप्रिल महिनासम्ममा सबै अमेरिकी नागरिकलाई यो खोप दिइने छ । पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई दिइने छ ,' उनले भने, 'त्यसपछि यहाँका बृध्दबृध्दाहरू र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यस्तो खोप दिइने छ ।'
पिफिजर कोभिड-१९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको दावी पनि उनले बताए । यसअघि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिए । निर्वाचनमा आफ्नो पराजयपछि उनले यो सम्बोधन गरिरहँदा निर्वाचन परिणामको बारेमा भने कुनै धारणा राखेका थिएनन् ।

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया