पोखरा विमान दुर्घटना : लयमा फर्किँदै गरेको पर्यटन क्षेत्रमा ठूलो धक्का

काठमाडौँ- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ । पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा चार जना चालकदलका सदस्यसहित ७२ जनाकै मृत्यु भएको छ ।
मृत्यु हुनेमा १५ जना विदेशी पनि छन् । जो नेपाल घुम्न आएका पर्यटक पनि हुन् । पाँच जना भारतीय पर्यटकको पनि मृत्यु हुनुले नेपाल फेरि एकपटक घुम्नलाई सुन्दर भए पनि हवाई सुरक्षा धेरै असुरक्षित रहेको तथ्य उजागर गरिदिएको छ ।
नेपाल घुम्न आएकी रुसकी एलिना बन्दुरोले नेपाल घुम्न जाऔँ पोस्ट इन्स्टाग्राममा शेयर गरेकी थिए । विमान चढेको फोटो र नेपालको सुन्दर माछापुच्छ्रे हिमालको फोटो हाल्दै उनले इन्स्टाग्राममा नेपाल घुम्न जाउँ लेखेकी थिइन् । तर त्यो लेखेको चौबिस घण्टा नबित्दै उनले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाइन् । यसले एलिना र उनको परिवार मात्रै होइन, रुसमा रहेका धेरै मानिसलाई नेपालको हवाई यात्रा असुरक्षित भएको सन्देश दिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई हप्तामा पोखरामै भएको यो दुर्घटनाले नेपाली आकाश असुरक्षित मात्रै होइन, इयूको कालोसूचीमा रहनु वाास्तविक रहेको तथ्य पनि फेरि एकपटक बहसमा आएको छ ।
दुर्घटना हुन लागेको जहाजबारे कुनै पनि कारण नखुली सेती खोँचमा भएको विमान दुर्घटनाले भूकम्प र कोभिड महामारीपछि विस्तारै लयमा आएको पर्यटन क्षेत्रलाई ठूलो धक्का पुगेको छ ।
आन्तरिक पर्यटनलाई खासै असर नगर्ने भएपनि नेपाल आउने विदेशी पर्यटक यो विमान दुर्घटनाबाट झस्किने अनुमान गर्न सकिन्छ । विमान दुर्घटनामा आफ्ना नागरिक गुमाएपछि चीन, अमेरिका लगायतका देशले पनि दुःख व्यक्त गरेका छन् ।
यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलले नेपाल घुम्न विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालका विभिन्न ठाउँ राख्ने भए पनि आन्तरिक हवाई सुरक्षा विश्वसनीय नभएको तथ्य सतहमा ल्याउन सक्छन् । यसले नेपाल आउने पर्यटकलाई मानसिक रुपमा असर गर्न सक्ने र आफ्नो नेपाल भ्रमणबारे पुनर्विचार गर्न सक्ने पनि आँकलन गर्न सकिन्छ । यसबाट केही सयमदेखि उत्साहित पर्यटन व्यवसायी भने निराश छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराका पर्यटन व्यवसायी धेरै उत्साहित थिए । तर यो विमान दुर्घटनाले उनीहरू धेरै दुःखी छन् । अनेक विवादबीच विमानस्थल उद्घाटन हुँदा धेरै शंका उपशंकाहरू चलिरहेकै थिए । तर पनि उनीहरू खुशी थिए ।
त्यो खुशी राम्ररी मनाउन नपाउँदै पोखरामा भएको अहिलेसम्मकै ठूलो एटीआर विमान दुर्घटनाले उनीहरूलाई निराश बनाएको छ । यो निराशा फेरि खुशीमा फर्काउन धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । कोभिडपछि नयाँ वर्षमा पर्यटन राम्रै फस्टाउने अनुमान गरिएको थियो । सोही अनुसार विदेशी पर्यटकको संख्या पनि बढिरहेको थियो । तर सोच्नै नसकिएको विमान दुर्घटनाले पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
पोखरा विमान दुर्घटनापछि दुःखी भएका नाट्टाका अध्यक्ष रमेश थापाले नेपालको हवाई सुरक्षा र पर्यटन क्षेत्रको आशाका रुपमा हेरिएको अन्तर्राष्ट्रिय उडान सुरक्षित बनाउन माग गरेका छन् । पर्यटन क्षेत्रलाई यसले ठूलो धक्का दिएको भन्दै यस किसीमका दुर्घटना न्युनिकरणका लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई छ । आगामी दिनमा हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम नचाल्ने हो भने यसले नेपालको हवाई क्षेत्र र पर्यटन झन् ठूलो क्षति गर्ने पनि निश्चित छ ।
त्यसैले सरकारले विमान दुर्घटनापछि शोक बिदा होइन, यो दुःख र पीडालाई शक्तिमा बदल्न हवाई दुर्घटना न्युनिकरणका लागि ठोस कदम चाल्न ढिलाई गर्नु हुँदैन ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया