सुदूरपश्चिममा सहमतिविनै दुई मन्त्री चयन गरेको भन्दै नागरिक उन्मुक्तिको असन्तुष्टि

कैलाली - सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसँगै दुई जना मन्त्री चयन गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । पार्टीले मुख्यमन्त्रीलाई मात्र समर्थन गरेका बताउदै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका सदस्य लक्ष्मण किशोर चौधरीले सहमति र छलफल बिना दुई जना मन्त्री पनि नियुक्त गरेको भन्दै असन्तुष्टि रहेको बताए ।
उनले रेशम चौधरी रिहाइ नभएसम्म सभामुख चयन प्रक्रियामा साथ नदिने समेत स्पष्ट पारे । 'सङ्घीय सरकारले हामीलाई माघीमा रेशम चौधरीलाई कारागारबाट छुटाएर माघीको उपहार दिने प्रतिबद्धता गरे,' चौधरीले भने, 'हामीलाई त्यसमा पनि झुक्याइयो । हाम्रो पहिलो माग रेशम चौधरीको रिहाइ हो । रिहाइ नभएसम्म हामी सरकारमा पनि सहभागी हुँदैनौ । सरकारलाई समर्थन पनि गर्दैनौ ।'
नागरिक उन्मुक्तिले शनिबार सभामुख चयनका लागि भएको मतदानमा साथ नदिँदा सत्तारूढ दलहरूका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारी चयन हुन सकेनन ।
नागरिक उन्मुक्ति पार्टी सत्ता पक्षको बेञ्चमा बसे पनि सत्तापक्षको साथमा भने उभिएनन् । नागरिक उन्मुक्ति तटस्थ बस्दा भण्डारी पुनः दोस्रो पटक निर्वाचित हुन सकेनन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया