सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख पाउन सकेन

कैलाली- सभामुखका उम्मेदवारले बहुमत पाउन नसकेपछि आज पनि सुदूरपश्चिम प्रदेशमा सभामुख चयन हुन सकेन । प्रदेश माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्रका १ सांसद छन् ।
सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा माओवादीका भण्डारीको बहुमत पुग्न सकेन । उन्मुक्तिले मत दिएको भए २९ मत हुन्थ्यो । उन्मुक्तिको मत नपाउँदा भण्डारीले २२ मत मात्रै पाए ।
विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतकले आफूहरूको माग सम्बोधन नभएको भन्दै कतै मत नदिने बताएका थिए । नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष दुवैमा मत दिएनन् ।
उता कांग्रेसका उम्मेदवार रावलले आफ्नो पार्टी, नेकपा एकीकृत समाजवादी गरी २२ मत पाएका हुन् । यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीका गरी २३ जना सांसद छन् । ज्येष्ठ सदस्य शिवराज भट्टले सभा चलाइरहेको हुँदा उनले मत दिन पाएनन् र कांग्रेसका रावलले २२ मत मात्रै पाए ।
यसअघि बिहीबार पनि दुवै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई मत दिएको थियो । एक मत बदर हुँदा र दुई सांसदले मत दिन नपाएपछि भण्डारी सभामुख हुनबाट चुकेका थिए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया