लिबियाको पश्चिमी क्षेत्रबाट अवैध प्रवेश गरेका आप्रवासीको उद्वार

लिबियाको पश्चिमी समुद्री क्षेत्रबाट बिहीबार यहाँका सामुद्रिक सुरक्षा गार्डहरुले करिब ९९ जना आप्रवासीको उद्वार गरेका छन् । ती आप्रवासीहरु अवैध रुपमा लिबिया प्रवेश गरेका थिए । उनीहरु कहाँबाट त्यहाँ आए भन्ने बारेमा केही बताइएको छैन ।
लिबियाको राजधानी त्रिपोलीबाट करिब ७० किलोमीटर पश्चिममा रहेको मेलिताह नगरबाट उनीहरुको उद्वार गरिएको हो । यो भन्दा अघिल्लो दिन पनि यहाँका सुरक्षा गार्डले नै सोही पश्चिमी समुद्री किनाराबाट करिब १८० जनाको उद्वार गरेको बताएको थियो ।
ती आप्रवासीहरु पनि अन्य कुनै देशबाट अवैध रुपमा विना कुनै कागजात सो देशमा प्रवेश गरेका बताइएको थियो । (सिन्ह्वा)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया