सुदूरपश्चिम प्रदेशसभा बैठक ६ बजे, सभामुखको लागि निर्वाचनकाे तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन गरिएको थियो । तर, निर्वाचनमा दुई वटै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए, भने भीम भण्डारीले २७ मत प्राप्त गरेपनि एक मत बदर भएको थियो ।
सभामुखको निर्वाचन कार्यतालिका सहित शुक्रबार ११ बजेका लागि पनि बैठक आह्वान गरिएको थियो । तर, प्रदेश सभाको अध्यक्षता गरिरहेका जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले कानुनी परामर्श लग्नु पर्ने भन्दै शुक्रबार बोलाइएका बैठक स्थगित गरेका थिए । उनले शुक्रबार दोस्राे पटकका लागि पनि बैठक आह्वान गरेनन् ।
जेष्ठ सदस्यले बैठक स्थगित गरेपछि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार साँझ बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । सत्तारुढ दलको दबाबपछि आज (शनिबार) बिहान बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।
संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिममा २ माघसम्म सभामुख चयन भइसक्नुपर्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार २ माघमा प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन पूरा हुनेछ । २ माघभित्र सभामुख चयन नभए संवैधानिक जटिलतातर्फ प्रदेशसभा धकेलिने छ
सभामुखको भूमिकाप्रति सत्तापक्ष शसंकित
सभामुखको जिम्मेवारी सम्हालेका व्यक्तिनै उपस्थित नभएपछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थिगित भएको सूचना टाँसेको थियो । प्रदेश सभा सचिवालयले बैठक अनिश्चित कालका लागि स्थिगित गरेपछि शत्तारुढ दलहरु सभामुखको भूमिका प्रति शसंकित बनेका छन् ।
‘खासगरी प्रदेशसभाको पहिलो बैठक बसेको ३० दिनभित्र प्रदेश सभाबाट सभामुख चयन भइसक्नुपर्ने हो,’ प्रदेश सभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, ‘त्यो मिति २ माघमा सकिंदैछ, त्यसपछि के गर्ने भन्ने संविधानमा उल्लेख छैन, सभमुखका कारण हामी संवैधानिक जटिलतातर्फ गइरहेका छौं ।’ शुक्रबार ११ बजेपछि सभामुख भट्ट सम्पर्कमै नआएका उनले बताए ।
माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार नै प्रदेशसभा बैठक आह्वान गरी सभामुख चयनको कार्यसूची पेश गर्न प्रदेश सभा सचिवालयलाई आग्रह गरिएको पाठकले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया