कर्णाली सभामुखमा कांग्रेसबाट पोखरेल र एमालेबाट गुरुङकाे उम्मेदवारी

सुर्खेत । कर्णाली प्रदेश सभामुख पदका लागि कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
त्यस्तै, एमालेबाट सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ। शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए ।
सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। उनले भने 'उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।' एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Mo9b2gpp0R_zg0awavhbp5cclj5lkqlu7x31hwzp1vsj7sdyzf6y0en6zx5y5p3iyqmv6zj.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया