१८ दिनदेखि हराएका भरतको शव गाडेको अवस्थामा भेटियो

कैलाली- विगत १८ दिनदेखि बेपत्ता डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहोराको शव माटोमुनी गाडेको अवस्थामा फेला परेको छ । प्रहरीले शंकास्पदस्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।
बालक बोहरा गत १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले समेत उनी हराएको भन्दै प्रहरीलाई समेत जानकारी दिएका थिएनन् । पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
बालकका बुबा रोजगारीका लागि घर बाहिर छन् । घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन् । घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया