क्याफ्स कर्णाली परियोजना हस्तान्तरण

जुम्ला- जुम्लामा सञ्चालित (क्याफ्स कर्णाली) परियोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली) परियोजना कार्यअवधि सकिएपछि सम्बन्धी स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।
अनुकूलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपाल जुम्लाले निर्माण भएका आयोजना सकिएको छ ।
२६ करोड ६९ लाख ७६ हजार ३ सय १८ रुपैयाँ ४८ पैसामा निर्माण भएका आयोजना स्थानीय तह हिमा, तिला र तातोपानी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
जीविकोपार्जनका साधन तथा प्राकृतिक स्रोतको सुदृढ व्यवस्थापनमार्फत उच्च पहाडी हिमाली जिल्लाका जलवायु संकटासन्न, खाद्य असुरक्षित र गरिब घरपरिवारको अनुकूलन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताए ।
उनका अनुसार नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली) सन् २०१८ अक्टोबरदेखि सञ्चालन गरिएको थियो । परियोजना अवधि ४ वर्षको हो । उनले भने, 'अक्टुबर २०२२ मा ४ वर्षे परियोजना सम्पन्न भए पनि निर्माण भएका सबै आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।'
१३८ हेक्टर जमिन सिँचाइ हुने नहर (कुलो) निर्माण, ४ वटा सामुदायिक सेवा केन्द्र भवन निर्माण, ४१ हेक्टरमा १४ हजार १२५ विरुवाको व्यावसायिक फलफूल खेती र ८ हेक्टर गैरकाष्ठ वनपैदावार खेती भएको छ । यस्तै ३८३ जना कृषकको बाली तथा पशु बीमाका लागि सहयोग, एक वटा लिफ्ट सिँचाइबाट ३२ हेक्टर जमिन सिँचाइ भएको पेस नेपाल जुम्लाले जनाएको छ ।
९ वटा सुधारिएको पानी घट्ट निर्माण भएका छन् । ४० हेक्टर जमिन सिँचाइ हुने ७ वटा पानी संकलन पोखरी निर्माण, १ वटा लघुजलविद्युत् आयोजना निर्माण, ५ वटा रष्टिक स्टोर तथा संकलन केन्द्र भवन निर्माण गरिएको छ ।
४७८ घरधुरीका लागि ४ वटा खाने पानी आयोजना निर्माण, ८ वटा कृषि तथा वन नर्सरी स्थापना भएका छन् । घरबगैँचा स्थापनाका लागि १ हजार ७२२ घरधुरीलाई ५२ हजार ५७१ फलफूलको विरुवा सहयोग गरिएको जनाएको छ ।
४ वर्षे परियोजना बाट १७ हजार ५१६ लाभान्वित जनसंख्या रहेको छ । १२ हजार ७ सय जनालाई जलवायु परिवर्तन अनुकूलन सम्बन्धी सचेतीकरण गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजन कृष्ण शाहीले बताए । ३ हजार ७३८ कृषकलाई प्राविधिक सहयोग भएको छ । उनले भने, '४८ वटा सामुदायिक पूर्वाधार निर्माण गर्दा ज्यालाका रूपमा ८ करोड १० लाख ४६ हजार ४८१ रुपैयाँ नगद हस्तान्तरण गरिएको छ ।'
कार्यक्षेत्रमा पर्ने गाउँपालिकामा ३ वटा स्थानीय अनुकूलन कार्ययोजना निर्माण गरिएको छ ।
परियोजनाको कार्यक्षेत्र तातोपानी, तिला र हिमा गरी ३ वटा गाउँपालिकाका १० वडाका ३ हजार ५२६ घरधुरीका २१ हजार १५० जनसंंख्या रहेको पेस नेपाल जुम्लाले जनाएको छ । न्युज कारखना

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया