कर्णालीमा एकै दिन गर्भवती महिलासहित ९ जनाको निधन !

काठमाडौँ : कोभिड–१९ संक्रमणबाट कर्णालीमा एकैदिनमा गर्भवती महिलासहित नौ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र दुई जना महिला रहेका छन् ।
निर्देशानालयका निर्देशक डाक्टर रबिन खड्काका अनुसार दैलेखका नारायण नगरपालिका वडा नम्बर ६ का एकजना गर्भवती महिलाको जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १० की ३२ वर्षीय महिला, सुर्खेत पञ्चपुरी ११ का ६० बर्षीय पुरुष, वीरेन्द्रनगर ८ का ६३ बर्षीया पुरुष, लेकवेशी १ का ४५ बर्षिया पुरुष रहेका छन् । त्यसैगरी सुर्खेत वीरेन्द्रनगर ११ का ५१ बर्षिया पुरुष, वीरेन्द्रनगर १२ का ४० बर्षिया पुरुषको प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको खड्काले जानकारी दिए ।
यस्तै सिद्धकुमाख गाउँपालिका २ का ४२ वर्षे पूरुषको जिल्ला अस्पताल सल्यान र मुसिकोट ४ का ६० वर्षे पुरुषको जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो । योसँगै कर्णालीमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया