नेपाल सुप लिगः उस्तै निरस देखिए काठमाडौँ र पोखरा

काठमाडौँ: नेपाल सुपर लिगमा शुक्रबार आमने सामने हुनु अगाडि काठमाडौँ रेजर्स र पोखरा थन्डर्सले उस्तै लय देखाएका थिए । नतिजाका हिसाबले दुई टिमको स्तरमा खासै फरक देखिएको थिएन । तीनै दुई टिम एकआपसमा भिड्दा नतिजा बराबरी निस्कियो ।
दशरथ रंगशालामा एनएसएलको तेस्रो चरण चलिरहँदा भिडेका दुई टिमले गोलका अवसर सिर्जना नगरेका होइनन् । तर दुबै टिमको अग्रपंक्तिले निरस खेल देखाउँदा गोल भएन । पहिलो हाफमा बल पोसेसनमा हैकम जमाएको पोखराको कप्तानी सम्हालेका स्ट्राइकर नवयुग श्रेष्ठ विपक्षीको क्षेत्रमा चल्न सकेनन् । न त पोखराका विदेशीलगायतका अन्य खेलाडी नै जोशिला देखिए ।
पछिल्लो खेलमा धनगढी एफसीसँग तीन गोल खाएको काठमाडौँले पहिलो हाफमा पोखराविरुद्ध सम्झनलायकको आक्रमण बुन्न सकेन । तर दोस्रो हाफमा काठमाडौँले अग्रपंक्तिमा सुधारिएको खेल देखायो । तर गोल निस्केन ।
यसअघि एनएसएलमा एक-एक जित दर्ता गरेका पोखरा र काठमाडौँले शुत्रलबारको बराबारी पछि समान अंक बनाएका छन् । र, तालिकामा क्रमशः तेस्रो र चौँथो स्थानमा छन् ।

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

प्रतिक्रिया