लकडाउनमा थप कडाई हुने, कोभिड-१९ हेर्न हरेक प्रदेशमा एक मन्त्री

काठमाडौँ : कोभिड-१९ को संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिस्थिती झनै डरलाग्दो भएको भन्दै लकडाउनलाई थप कडाई गर्ने नीति लिएको छ । शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै निजी क्षेत्रको निर्माण कार्य ठप्प पार्ने र सार्वजनिक स्थलको निर्माण कार्यलाई भने त्यही खानाको व्यवस्था मिलाएर काम गराउने जस्ता निर्णय गरेको छ ।
बैठकले कोभीडको जोखिम थप बढेको निष्कर्ष निकाल्दै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राख्न र अन्य निर्माण कार्य ठप्प पार्ने निर्णय लिएको हो । संक्रमण बढ्दो र चुनौतीपूर्ण अवस्था रहेको बताउँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामान्य अवस्थाको झैँ नठान्न र आफैँ पनि सचेत रहन सबैलाई आग्रह गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
बैठकले उद्योगमा काम गर्ने कर्मचारीलाई कार्यस्थलमै खान बस्नको व्यवस्था गर्नुपर्ने र बाहिर हिडडुलमा व्यापक रोक लगाउने जस्ता निर्णय गरेको छ । बैठकले सरकारले यसअघि गरेका निर्णयलाई थप कडाइका साथ कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ । हरेक प्रदेशमा एक मन्त्रीलाई कोभिड-१९ को व्यवस्थापन नियाल्ने जिम्मेवारी तोक्ने र समन्वय गर्ने पनि निर्णयका लागि मन्त्रीपरिषद्लाई सिफारिस गर्ने भएको छ ।
विदेशीले क्वारेन्टिनलाई बेवास्ता गरे फर्काउने र नेपालीले त्यस्तो गरेमा जरिवाना गर्ने जस्ता निर्णय गर्दै लकडाउनलाई थप कडा गर्ने निर्णय बैठकले गरेको छ । अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटल क्वारेन्टिनलाई थप व्यवस्थित गर्ने विषयमा पनि निर्णय भएको पाण्डेले बताए । यसैगरी पशुपति क्षेत्रको शव दाह गृहलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई थप व्यवस्थित गर्दै लैजाने र कोभिडको उपचार गर्न स्थान छुट्याएर काम गरिने र त्यसले अपुग भए मा निजी अस्पतालालई पनि कोभिड अस्पतालको रुपमा उपयोग गर्ने निर्णय सीसीएमसीले गरेको छ ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया