मोदीले मन्त्रीहरूलाई दिए जनताको बिचमा पुग्न निर्देशन

नयाँ दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीले संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रुत रूपमा काम गरिरहेको बताएका छन् । कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बिचमा पुग्न शुक्रबार उनले उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिससँग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि उनले आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरू तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिए । भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया