बागमतीमा आज सभामुखको निर्वाचन हुँदै, तीन जना उम्मेदवार

मकवानपुर- बागमती प्रदेश सभामा सभामुखमा उम्मेदवारी दिएका तीन जनाको लागि आज निर्वाचन हुँदैछ । हिजो बिहिबार मनोनयन दर्ता गरेको सभामुखको चुनाव बिहान ११ बजेका लागि समय तोकिएको छ।
जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्।
सत्ता गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सिर्जना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।
बाग्मती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना गरी एक सय १० जना प्रदेश सभा सदस्य रहेका छन्।
राप्रपाको भागमा यस प्रदेशमा सभामुख परेपछि बुधबार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
सत्तारूढ दलहरूबीच मुख्य पद भागबन्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो। केन्द्रको दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चित जस्तै छ।
सत्तारूढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले दलको बैठक बसेर उपसभामुख पदका उम्मेदवार चयन गर्ने जनाएको छ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया