प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण

मोरङ- प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ ग्रहण गराएका छन् ।
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनले प्रदेशसभाबाट निर्वाचित सभामुख गौतमलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८ बमोजिम शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी लगायतको उपस्थिति थियो । सभामुख गौतमले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गरे ।

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

प्रतिक्रिया