आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सिभिल बैँक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ- सिभिल बैँक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा पौष २८ गते बिहिबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७९/८० को लेखापरीक्षण गर्नको लागि 'एस राई एण्ड एशोसियट्स' लाई लेखापरीक्षणमा नियुक्त गर्नुका साथै सिभिल बैँक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । साथै  सिभिल बैँक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती –एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीहरूलाई अनुमोदन गरिएको छ ।

यसै प्रसङ्गमा सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैँक, कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट स्वीकृति लिने/अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्‍चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ । 

उक्त साधारण सभाका सबै प्रस्तावहरू पारित सभामा उपस्थित सबैलाई बैँकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले धन्यवाद दिए । साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकिकृत कारोबार २०७९ माघ भित्र गरिने योजना रहेको कुरा बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले बताए ।

करिब ८ लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरू, १३ एक्सटेन्सन काउन्टरहरू तथा १०२ एटिएम माफर्त सेवा प्रदान गरिरहेको सिभिल बैँकले हालसम्म रु. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८६ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ । 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम