अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए

काबुल : अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार भएको झडपमा परी नौ तालिवान लडाकू मारिएका छन् । यस झडपमा परी अन्य चार तालिबान लडाकू घाइते भएका सुरक्षा स्रोतले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।
लाघमान प्रान्तको आलिशिङ जिल्लाको कोह्ना इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच सो झडप भएको थियो । यस झडपको क्रममा सुरक्षा अधिकारीहरू तालिबानले लडाकू समूहको हातहतियार समेत कब्जा लिएको जनाइएको छ ।
यसैगरी घोर प्रान्तमा तालिवान आफैले सडक किनारमा राखेको बम विस्फोटका परी छ तालिवान लडाकूको मृत्यु भएको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ । करिब दुई दशकदेखि अफगानिस्तानमा विद्रोह गररहेका लडाकू समूह तालिवान भने यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया