प्रदेश १ को सभामुखमा ओखलढुंगाका गौतम सर्वसम्मत

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बिहीबारको प्रदेश सभा बैठकले गौतमलाई सभामुखमा चयन गरिएको प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
गौतम चार दलीय सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेका थिए । गौतमलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावका प्रस्तावक एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी र समर्थकका तर्फबाट माओवादीका नारायण बहादुर मगरले समर्थन जनाएका थिए ।
ओखलढुंगा प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका सभामुख गौतमले आफ्नो कार्यकालमा प्रदेशको नामाकरण गर्न सबै दलसँग सहकार्य गर्ने बताए । उनले आफले पाएको जिम्मेवारीलाई सहजताका साथ पूरा गर्ने बताए ।

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

प्रतिक्रिया