बागमतीमा सभामुखको लागि आज मनोनय दर्ता, सत्तापक्षले पाठकलाई उठाउने

मकवानपुर - बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ ।
प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ । भोलि २९ पुस शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका रहेको छ । जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ सभामुखको निर्वाचन हुने छ ।
नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरूले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्रावधान छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको गत १८ गते बसेको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको थियो ।
बागमती प्रदेशमा भएको सत्ता समीकरण अनुसार सभामुख राप्रपाको भागमा परेको छ । राप्रपा बाट दलका महसचिव भुवनबहादुर पाठकलाई सत्तापक्षले सभामुखमा उम्मेदवार बनाउने भएको छ । केन्द्रको सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले सभामुख बन्ने लगभग पक्का भएका छ ।
पाठकले आफूलाई पार्टी र गठबन्धनले विश्वास गरेर सभामुखको जिम्मेवारी दिएको बताउँदै पार्टी र गठबन्धनको विश्वासलाई कायम गर्ने बताए । सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो ।
एमालेले भने आज दलको बैठक बसेर उपसभामुखको उम्मेदवार चयन गर्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया