कोभिड-१९ संक्रमणबाट 'आज तक'का पत्रकार सरदानाको मृत्यु

नयाँ दिल्ली : भारतीय टेलिभिजन च्यानल आज तकका वरिष्ठ पत्रकार तथा एङ्कर रोहित सरदानाको कोभिड–१९ संक्रमणबाट मुत्यु भएको छ । कोभिड संक्रमणपछि हृदयाघातबाट सरदानाको शुक्रबार बिहान मृत्यु भएको भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इण्डियाले जनाएको हो ।
पत्रकार सरदानाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । ‘रोहितको असामयिक निधनले मिडियाको दुनियाँमा ठूलो खाडल पारेको छ,’ मोदीले आज अपरान्ह तीन बजे ट्वीट गर्दै भनेका छन् । ४० वर्षीय सरदानाले सन् २०१७ मा आजतक प्रवेश गरेका थिए । त्यसअघि जी न्यूजमा काम गरेका रोहितले आज तकमा बहसको कार्यक्रम ‘दंगल’ सञ्चालन गर्दै आएका थिए ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया