राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो– प्रधानसेनापति शर्मा

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन् ।
तीन सय एकौँ पृथ्वी जन्मजयन्तीमा आज गोरखामा आयोजित शालिक अनावरण र झण्डोत्तोलन कार्यक्रममा उनले राष्ट्रनिर्माताले लिएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको उल्लेख गरे ।
प्रधानसेनापति शर्माले भने, 'नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत महत्त्वपूर्ण हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व छ ।'
सेनाले गढी, किल्ला, दरबार, कोट तथा कला संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकता कायम गर्न टेवा पुर्याउँदै आएको छ । सेनाका संस्थापक एवं राष्ट्रनिर्माताले नेपालको आर्थिक, सामाजिक एवं वैदेशिक नीतिका सम्बन्धमा दिएको मार्गदर्शन आज पनि उत्तिकै मननयोग्य रहेको उनले उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा रणनीति, कुटनीति र राष्ट्रिय एकताका सम्बन्धमा दिनुभएको दिव्योपदेश हाम्रो राष्ट्रको गौरवमय इतिहास जोगाइराख्न महत्त्वपूर्ण सावित हुँदै आएको उनको भनाइ थियो ।
यसअघि आजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरे । त्यहाँ प्रा डा जगमान गुरुङ र प्रा डा घनश्याम भट्टराईबाट दिव्योपदेशसम्बन्धी प्रवचन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्र्देशनालयले जनाएको छ । प्रधानसेनापति शर्माले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्रालाई पुरस्कृत गरेका थिए । रासस

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया