कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यहाँ बहुमतका लागि २१ सिट आवश्यक पर्छ । शर्मा २५ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
एमाले र माओवादीको आलोपालो मुख्यमन्त्री हुने सहमति अनुसार शर्मा पहिलो साढे दुई वर्षका लागि नियुक्त भए ।
शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक जना सदस्यले समर्थन गरेका हुन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया