कर्णालीकाे मुख्यमन्त्रीमा एमाले र माओवादीबीच आलोपालो
सात वर्षपछि एमालेका कंडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुँदै

सुर्खेत । प्रदेश प्रमुख सामू मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम समय मात्र बाँकी रहेको समयमा नेकपा माओवादी र नेकपा एमालेबीच कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
कर्णालीमा सुरुमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । अन्ततः यो सहमतिसँगै झण्डै सात वर्षपछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने निश्चित भएको छ ।
सहमतिसँगै दुवै दलका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा गएर माओवादी संसदीय दलका नेता शर्माले दावी पेस गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेअनुसार शर्माले दाबी पेस गरेका हुन् ।
४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन न्यूनतम २० सिट चाहिन्छ । जसमा माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सिट हुन्छ । हिजो दिउँसो एमालेको संसदीय दलको बैठकले सरकारमा जाने नजाने विषयको निर्णय गर्ने जिम्मा संसदीय दलका नेता यामलाल कँडेललाई दिइएको छ ।
उक्त बैठकपछि एमाले र माओवादीका दलका नेताबीच छलफल भएपनि ठोस निर्णय भने हुन सकेको छैन । केन्द्रमा भएको शीर्ष दलबीचको निर्णयअनुसार कर्णालीमा माओवादीको भागमा पाँच वर्ष मुख्यमन्त्री पद पाउने भएतापनि प्रदेशमा एमालेले आलोपालो मुख्यमन्त्री चलाउनुपर्ने माग गरिरहेको थियो ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया