अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्छ, दुश्मनी गर्दैन : बाइडन

काठमाडौँ : अमेरिका दुश्मनी भन्दा स्वच्छ प्रतिस्पर्धामा विश्वास राख्ने मुलुक रहेको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । चीनको प्रसंगमा बोल्दै उनले त्यस्तो धारणाा व्यक्त गरेका हुन् ।
चीनसँग सधैँ प्रतिस्पर्धा गर्न अमेरिका तयार छ तर द्वन्द्व गर्ने नीति लिएको छैन । अमेरिकी राष्ट्रपति बाइडनले 'वेइजिङले सर्वोच्चता वा एकाधीकार खोजिरहेको भए केही छैन त्यसमा हामी प्रतिस्पर्धा गर्न तयार छौँ' भनेका हुन् ।
'द्वन्द्व गरेर होइन स्वस्च्छ प्रतिस्पर्धा गरेर अघि बढ्ने चाह र संस्कार अमेरिकाको हो,' उनले संसद्मा भनेका छन्,'चीन अघि बढ्न चाहेको भए स्वच्छ प्रतिस्पर्धामा आउँदा हुन्छ, छलकपट र दुस्मनी शैली अमेरिकालाई स्वीकार्य हुँदैन ।'
अमेरिकाको सर्वोच्च पदमा पुगेको एक सय दिनको अवसरमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले आफ्नो मुलुक भित्रका कैयन मुद्दाको विषयमा पनि चुनावमा गरेको प्रतिबद्धता अनुरुप नै अघि बढेको बताए । उनले प्रहरीमा सुधार, आप्रवासनमा सुधार र बन्दुक नियन्त्रण लगायतको विषय छन् । अमेरिकी समकालीन राजनीतिका निकै संवेदनशील विषयहरू हुनाले पनि बाइडनको धारणा आफैँमा अर्थपूर्ण छ ।
राजनीतिक नेतृत्व र जनताबीचको विश्वास पुनः स्थापित हुँदै गएको र यो अवाश्यक पनि भएको उनले बताए । उनले जातिय विभेदलाई जरैदेखि उखेलेर फाल्न पर्नेमा समेत जोड दिँदै अमेरिकी तल्लो सदनले पहिल्यै पारित गरिसकेको सुधार सम्बन्धी विधेयकलाई छिटटै माथिल्लो सदनमा ल्याउने र छलफल गरेर निर्णयमा पुग्नेसमेत उनले बताए । उनले यसका लागि सिनेटलाई आग्रहसमेत गरेका छन् ।
जनहितको विषयमा रिपब्लिकन र डेमोक्रेटहरू मिलेर नै अघि बढ्न पर्नेपनि उनले बताए । राष्ट्रपति बाइडनले अध्यागमनका कैयन मुद्दाहरू बारेको हाम्रो थकित युद्ध अब अन्त्य गर्न आग्रह गरे । तर, बाइडनले गरेको एकताको आह्वानलाई रिपब्लिकनले सुनिहाल्ने संकेत नभए पनि उनको पहलको सरहाना भने हुनेछ । रिपब्लिकनले बाइडनद्वारा अघि बढाइएको धारणा हावादारी भएकोसमेत बताएका छन् ।
अमेरिकी जनताबाट मात्र अमेरिकाअघि बढ्छ र समाजवादी सपना र वासिंटनको योजनाबाट अमेरिकीको भविष्य उज्ज्वल हुन नसक्ने धारणा पनि उनको छ । अमेरिकी ठूला धनीमाथि कर बृद्धि गरेर त्यहाँबाट आउने रकम श्रमिकमा उपयोग गर्ने योजना पनि सुनाएका थिए । उनले १८ खर्ब डलरको अमेरिकन फेमिलिज प्लान नामको योजना समेत अमेरिकी सदनमा सार्वजनिक गरे । उनको योजनामा बालशिक्षा, बालबालिकाको स्याहार र उच्च शिक्षामा जोड लगायत छन् । वार्षिक चार लाख भन्दा कम आय हुने अमेरिकीले अतिरिक्त कर तिर्न नपर्ने भन्दै उनले मध्यम आए भएकालाई सहज पारिदिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया