विराटनगरलाई पराजित गर्दै लुम्बिनीले जित्यो नेपाल टी-ट्वान्टीको उपाधि

काठमाडौँ- लुम्बिनी अल स्टार्सले नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनलमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन मात्र जोड्न सक्यो । विराटनगरका लागि अर्जून साउदले सर्वाधिक ३४ रन तथा पृथु बास्कोटाले ३१ रन बनाए ।
लुम्बिनीका सागर ढकाल र हरमित सिंहले २-२ तथा विपुल शर्मा र किशोर महतोले १-१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले ४१, हरमित सिंहले ३० तथा कप्तान दिपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
विराटनगरका लागि राज ननन र नन्दन यादवले २-२ विकेट तथा हुसेन तलत, केयोन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले एक-एक विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया