म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा

याङ्गुन : म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो ।
प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको समयावधि लम्ब्याइएको उल्लेख छ । सेनाले कारबाही सम्बन्धी कामहरू नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरू भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ ।
म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएर शासन गर्न थालेको छ भने नेताहरूलाई बन्दी बनाइएको छ । सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् ।
सेनाले लोकतान्त्रिक सरकारलाई अपदस्त गरेको भन्दै संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विश्वका धेरै देशहरुले विरोध जनाएका छन् ।
उनीहरूले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारलाई नै सत्ताको जिम्मेवारी दिन म्यानमारको सेनालाई सुझाव र दबाब पनि दिएका छन् । तर सेनाले भने गत निर्वाचनमा धाँधली भएकाले फेरि अर्को निर्वाचन गराउने भन्दै एक वर्षका लागि सत्ता हातमा लिएको स्पष्ट पारेको छ । रासस

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया