लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिला गिरीले दाबी पेस गरेका छन् । बहुमत सदस्यहरुको हस्ताक्षरसहित गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
उनको दाबीसंगै लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । यसअघि प्रदेश प्रमुख शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका थिए ।
सोही समयाअवधिभित्रै एमालेसहित माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेको एमाले सासद भुमिश्वर ढकालले जानकारी दिए । प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारूढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन सकेको थिएन ।
माओवादीले केन्द्रले अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीको कार्यकाल आधा/आधा हुनुपर्ने अडान राखेपछि दाबी पेस गर्ने कार्यक्रम एकदिन पछि धकेलिएको हो । असन्तुष्ट माओवादी संसदीय दलका नेता जोख वहादुर महरा काठमाडौंमा पुगेर शीर्ष नेतासँग भेटघाट गरेका थिए ।
दुई वर्षपछि एमालले मुख्यमन्त्री छाड्ने र त्यसपछि माओवादी केन्द्र नेतृत्वको सरकार आलोपालो गर्ने समझदारी भएको थियो । लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ ।
सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।
गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन् । ०७४ को पहिलो प्रदेशसभा चुनाव पछि एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री भएका थिए । करिब दुई वर्षपछि उनको सरकार ढाल्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसी २८ साउन २०७८ मा मुख्यमन्त्री भएका थिए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया