प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा आउँदो शुक्रबार विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको सातौं दिनमै कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
उनले विश्वासको मत लिनका लागि प्रदेश सभामा जानकारी पत्र प्राप्त भएर मङ्गलबार नै सचिवालयमा दर्ता भइसकेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । चार दलीय सत्ता समीकरणको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सोमबारमात्रै सपथ ग्रहण गरेका थिए ।
नेकपा एमाले संसदीय दलका नेता समेत रहेका कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना प्रदेश सभा सदस्यीयको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यका रुपमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले धारा १६८ कै उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने व्यवस्था रहेको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Jap4NCyeWf_qeeexrcniduavcrku341iwldrh8spbgm488tarbbxbh3bfec0bsizjc7pzmn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया