१ महिना १५ दिन कैद सजाय पाएका व्यक्ति १४ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय भई फरार रहेका अपराधी पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० का दुर्गाबहादुर अधिकारीलाई फरार रहेको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतले २०६५ भदाैमा १ महिना १५ दिन कैद सजाय फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं डिएसपी शिवकुमार बुढाथोकीले अधिकारीलाई घरबाटै पक्राउ गरिएको बताए ।
उनलाई सिन्धुपाल्चोक जिल्ला अदालत चौतारा दाखिला गरिएकोमा कैद असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरिएको उनले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया