बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको छ : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन् । बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसद्‍को पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रूपमा विस्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका हुन् । 

उनले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातिक संविधान निर्माण गर्ने चुनौतीपूर्ण काम माओवादीकै नेतृत्वमा भएको भन्दै अब मुलुकलाई अघि बढाउने अवसरलाई पनि पुरा गर्ने धारणा राखे ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई विभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अब संकल्पका साथ सबै कामलाई पुरा गर्ने दाबी गरे ।