सेनाका गजेन्द्र राई गोरखाका नयाँ 'राजा'

पोखरा- पृथ्वी जयन्तीका दिन आयोजना गरिएको म्यान अफ दी गोरखा नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । दौडेर राजा हुने परम्पराको सम्झतामा पृथ्वी जयन्तीका दिन दौड प्रतियोगिता आयोजना गरिएको हो ।
द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमिटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन् ।
उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै पोशाक लगाइदिएर सम्मान गरिएको छ । उनलाई झाँकी र र्याली सहित नगर परिक्रमा गरिनेछ ।
दौडमा सेनाकै मोहनदेव जोशीले ३० मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोश्रो भए भने सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भए ।
सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाङले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वाना भएका प्रतियोगिता संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए । दौडमा १६ जना सहभागी थिए ।
म्यान अफ दि गोरखाका विजेतालाई ३० हजार नगद सहित पुरस्कृत गरिनेछ । दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया