लुम्बिनी र विराटनगरमध्ये कसले जित्ला नेपाल टी-ट्वान्टीको उपाधि ?

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्स भिड्दैछन् । लुम्बिनी र विराटनगरबीचको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा १२ बजेबाट सुरु हुनेछ ।
लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयाल्स तथा विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
लिग चरणमा भने लुम्बिनीले १० मध्ये सर्वाधिक ८ खेलमा जित हात पार्दा विराटनगरले ५ खेल जितेको थियो ।
लुम्बिनीले भने विराटनगरलाई दुबै खेलमा पराजित गरेको थियो । लुम्बिनीले पहिलो खेल ३ रन तथा दोस्रो खेल १२ रनले जितेको थियो ।
फाइनलसम्म आइपुग्दा लुम्बिनी र विराटनगरबीच तेस्रो खेल हुँदैछ ।
लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ लाख पाउनेछन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया