सुदूरपश्चिमले आज मुख्यमन्त्री पाउँदै

कैलाली- सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि आज निर्धारित समयभित्रै दाबी पेस गर्ने एमालेले तयारी गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साझ ५ बजे सकिँदै छ । त्यो भन्दा अघि नै एमालेले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई दाबी पेश गर्ने जनाएको छ ।
सत्ता गठबन्धनले सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेसँगै त्यसको तयारी गरेको जनाएको छ । प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै दाबी पेस गर्ने तयारी गरिरहेको प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसद आवश्यक हुन्छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सुदूरपश्चिम प्रदेशमा सांसदको संख्या २९ हुन्छ ।
प्रदेशमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी चार दलको समर्थनमा एमालेले आजै दाबी पेश गर्दै छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया