प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले दिए विश्वासको मत

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो ।
मतदानमा २७० सांसद उपस्थित थिए ।
दाहालको पक्षमा २ सय ६८ मत परेको छ भने २ मत मात्रै विपक्षमा परेको छ ।
प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेर हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका दिए ।
त्यसबाहेक दाहाललाई प्रधानमन्त्रीमा समर्थन नगरेको दल कांग्रेसले पनि विश्वासको मत दिएको छ । दाहाललाई विश्वासको मत दिने/नदिने विषयमा कांग्रेसभित्र पादाधिकारीबीच मत बाझिएको थियो । तर, पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले विश्वासको मत दिने निर्णय गरेको थियो ।
राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर पार्टीले दाहाललाई विश्वासको मत नदिने घोषणा गरेका थिए ।
प्रतिनिधिसभाका सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया