चार दलकाे समर्थनमा सभामुखको उम्मेदवार बने माओवादीका गौतम

विराटनगर । प्रदेश १ को सभामुख पदका लागि माओवादी केन्द्रका बाबुराम गौतम सत्ता साझेदारका तर्फबाट उम्मेदवार बनेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले पुस २८ मा सभामुखको निर्वाचन गर्न समय तोकेपछि प्रदेशसभा सचिवालयले आजै सूचना निकालेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
कार्यतालिका अनुसार अपरान्ह ३ देखि ५ बजेसम्म सभामुख पदका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार प्रदेश १ मा पाँच वर्षका लागि सभामुख पाएको नेकपा माओवादी केन्द्रका तर्फबाट गौतम सभामुखको उम्मेदवार बनेका हुन् । ओखलढुंगा प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित गौतमलाई सभामुख बनाउन नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका छन् ।
मनोनयन पत्रमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य नारायणबहादुर मगर, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेवु र राप्रपाका गोपाल बहादुर विश्वकर्माले समर्थन गरेका हुन् ।
एमालेका प्रमुख सचेतक भण्डारीले आफूहरुले केन्द्रीय सहमति अनुसार भएका निर्णयहरुमा सत्ता साझेदारहरुबीच भएको पद भागबण्डामा समर्थन गर्ने नीति लिएको बताए । उनले माओवादी केन्द्रबाट सभामुखको उम्मेदवार बनाइएका गौतमलाई एमालेले निर्वाचित गराउने बताए । ‘हामीले सहमति अनुसार सदाशयता राखेका छौं’ भण्डारीले भने, ‘उपसभामुखमा स्वभाविक रुपमा एमाले हुने सहमति छ, त्यसमा वहाँहरुले पनि राख्नुहुनेछ भन्ने विश्वास छ ।’
मुख्यमन्त्रीमा आलोपालोको माग गर्दै सोमबार गठित मन्त्रिपरिषद्मा माओवादी केन्द्र सहभागी भएको छैन । सरकारलाई गरेको समर्थन कायमै राखे पनि माओवादी केन्द्र अझै सरकारमा सहभागी नहुँदा सत्ता साझेदार दलहरुबीच अझै पनि विश्वासको बलियो वातावरण बन्न नसकेको नेताहरुले बताएका छन् । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था अनुसार पुस २८ गते बिहीबार सभामुख र पुस ३० गते शनिबार उपसभामुखको निर्वाचन गर्ने दलहरुबीच सहमति भएको छ ।
प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै तालिकामा हुनेछ । पहिले चरणमा हुने सभामुख निर्वाचनको कार्यतालिका अनुसार पेश भएको उम्मेदवारीमा आजै दाबी विरोध गर्ने र बेलुका ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Jap4NCyeWf_qeeexrcniduavcrku341iwldrh8spbgm488tarbbxbh3bfec0bsizjc7pzmn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया