नेपाल टी-ट्वान्टीः विराटनगर फाइनलमा, लुम्बिनीको सामना गर्ने

काठमाडौँ- विराटनगर सुपर किंग्स नेपाल टी-ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयाल्सलाई ३९ रनले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो ।
अब बुधबार हुने फाइनलमा विराटनगरले लुम्बिनी अल स्टार्सको सामना गर्नेछ । लुम्बिनीले यसअघि पहिलो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
मंगलबारको खेलमा १ सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय २८ रन मात्र जोड्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रन तथा कप्तान ट्रेभोन ग्रिफिथले ३४ रन बनाए ।
विराटनगरका केयोन जोसेफले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र राज नननले २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन जोड्यो । विराटनगरका लागि गौरान्शु शर्माले सर्वाधिक ४२ रन बनाए ।
अर्जून साउदले ३५, राज नननले ३३ तथा हुसेन तलतले ३१ रनको योगदान गरे । जनकपुरका लागि जितेन्द्र मुखियाले शराफुदिन असरफ, ललित राजवंशी र सामिउल्लाह शिनवारीले एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया