राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नुपर्दैनः अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएका हुन् । उनले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताए ।
लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने पनि उल्लेख गरे । उनले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताए । पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई सबै देशको भएको उनकाे भनाइ छ ।
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि (बुधबार) चियापान कार्यक्रम गर्ने भएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया