जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा

काठमाडौँ - माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताइन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै देशले सहकार्य र एकताको राजनीति खोजेको जानकारी दिइन् । जसअनुसार कांग्रेससहित दलले सरकारलाई विश्वासको मत दिने गरेको निर्णयको उनले स्वागत गरिन् ।
दलहरुले विश्वासको मत दिने निर्णयले सहकार्यको राजनीतिलाई अगाडि बढाएको सांसद शर्माको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया