सरकारको स्वीकारोक्ति : स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने भयो !

काठमाडौँँ : सरकारले कोभिड-१९ संक्रमण भयाभव रुपमा फैलिरहेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सर्वसाधारणमा अपिल जारी गर्दै नेपालमा कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहेको प्रष्ट पारेको हो ।
'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पताल शैया उपलब्ध गराउन नसकिने भइ सकेको छ', मन्त्रालयको अपिलमा भनिएको छ,'संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ ।'
मन्त्रालयका अनुसार कोभिड संक्रमणका हिसाबले नेपालका २२ जिल्ला अति प्रभावित जिल्लाभित्र परेका छन् । जसमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर रहेका छन् । यी जिल्लामा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा सर्वसाधारणमा जारी अपिलमा उल्लेख गरिएको छ ।
हेर्नुस् मन्त्रालयको अपिल :

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया