सचिनको दुई विश्व कीर्तिमान तोड्ने संघारमा कोहली

काठमाडौँ- मंगलबारबाट सुरु हुने पाहुना टोली श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजका क्रममा भारतीय ब्याट्सम्यान विराट कोहलीले सचिन तेन्दुलकरको दुई विश्व कीर्तिमान तोड्न सक्ने भएका छन् ।
हिन्दुस्तान टाइम्सले जनाए अनुसार कोहलीले पूर्व भारतीय ब्याट्सम्यान सचिनको एकदिवसीयमा रहेको दुई विश्व कीर्तिमान तोड्ने अवस्थामा पुगेका हुन् ।
घरेलु मैदानमा सचिनले एकदिवसीयमा सर्वाधिक २० शतक प्रहार गरेका छन् । सचिनले १ सय ६४ खेलमा २० शतक पुरा गरेका छन् । जबकी कोहलीले घरेलु मैदानमा १९ शतक प्रहार गरिसकेका छन् ।
कोहलीले भने १ सय १ खेलमै १९ शतक पुरा गरेका छन् । यदि कोहलीले श्रीलंकाविरुद्ध दुई शतक पुरा गरे, उनले सचिनको कीर्तिमान तोड्नेछन् ।
त्यसैगरी, सचिन र कोहलीले मात्र श्रीलंकाविरुद्ध सर्वाधिक ८-८ शतक पुरा गरेका छन् । यदि कोहलीले शतक पुरा गरे उनले सचिनको कीर्तिमान तोड्ने छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया