शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

सरकारले दियो पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौँ - सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । सरकारलाई समर्थन गरेको राप्रपाको माग सम्बोधन गर्दै सरकारले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो । सरकारको नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रममा सम्त पृथ्वी जयतन्तीमा बिदा दिने उल्लेख छ ।