मन्त्रिपरिषदको पहिलो निर्णय : मन्त्रालय १३ बाट ९ बनाउने

विराटनगर- प्रदेश १ को सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाएर नौ वटा बनाउने निर्णय गरेको छ ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले बनाएको १३ मन्त्रालय जनइच्छा र चाहनाविपरीत भएको भन्दै त्यसलाई घटाउने निर्णय गरेको विनाविभागीय मन्त्री भक्तिप्रसाद सिटौलाले बताए ।
सरकार निर्णय सार्वजनिक गर्दै मन्त्री सिटौलाले मन्त्रालय र मन्त्रीहरू धेरै भएको भन्ने गुनासो आइरहेको अवस्थामा उक्त गुनासोलाई मध्यनजर गरेर मन्त्रालय संख्या घटाउने निर्णय गरेको जानकारी दिए । उनले अघिल्लो सरकारले मितव्ययिताको सिद्धान्तविपरीत मन्त्रालयको संख्या बढाएको दाबी गरे ।
‘हालका मन्त्रालयहरूको संख्या जनइच्छा अनुसार भएको छैन, मन्त्रालय र मन्त्रीहरू धेरै भए भन्ने गुनासो आइरहेको छ, मितव्ययिताको सिद्धान्त विपरीत छ भन्ने हामीले ठहर गरेका छौं,’ मन्त्री सिटौलाले भने, ‘अघिल्लो सरकारले जनइच्छा विपरीत गरेका कारण मन्त्रालयको संख्या घटाएर नौ वटामात्रै मन्त्रालय बनाउने निर्णय गरेका छौं ।’
मन्त्रिपरिषद् बैठकले सरकारको सेवा प्रवाह र कामकाजलाई सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने निर्णय गरिएको बताए । कार्यदलले सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने उपायहरूको खोजी गर्ने जानकारी दिए ।
शीतलहरको प्रभाव बढेको र यसले नागरिकहरूमा पनि नकारात्मक प्रभाव पार्ने भन्दै शीतलहरको प्रभाव देखिनु अघि नै सरकारले आवश्यक कदम चाल्ने निर्णय गरेको बताए । उनले वन तथा भूसंरक्षण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूमार्फत सम्बन्धित ठाउँहरूमा दाउरा उपलब्ध गराइने मन्त्री सिटौलाले बताए ।
मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कर्मचारीहरूको सेवा सर्त र सुविधालाई व्यवस्थित गर्नका लागि आवश्यक पर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने समेत निर्णय गरेको छ । मन्त्री सिटौलाका अनुसार प्रमुख सचिवको संयोजकत्वमा प्रदेशको सेवा प्रवाह र विकासको अवस्थामा अध्ययन गरी २१ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Jap4NCyeWf_qeeexrcniduavcrku341iwldrh8spbgm488tarbbxbh3bfec0bsizjc7pzmn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया