ओली र दाहालले संसदमा गरेको सम्बोधनले बिग्रहको बिजारोपण गरेको कांग्रेस महामन्त्री थापाको टिप्पणी
काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतिको विषय भएको बताएका हुन् । उनले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे ।
निर्वाचन अगाडि एउटा गठबन्धन र निर्वाचन पछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौति भएको उनको भनाई छ । महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए ।
उनले भने – ‘यो निर्वाचन प्रणालीबाट जस्तो खालको संसद बन्यो । योभन्दा अघिल्लो पटक पनि हामीले निर्वाचनभन्दा अगाडी गठबन्धन गरेर गइसकेपछाडी संसदभित्रको त्यो गठबन्धनलाई उहाँहरुले जोगाउन नसकेको कुराको साक्षी बसेर आएको हो । अहिले त झन निर्वाचनभन्दा अगाडी एउटा गठबन्धन, निर्वाचनको लगत्तैपछि अर्को गठबन्धन बनेर यो संसदको यात्रा प्रारम्भ भएको छ । सरकारमा बसिरहेको दलहरु एक ठाउँ टिकीराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतिको रुपमा लिएको छु । तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछाडी सरकारहरु यसरी बन्छन् । बदलिन्छन् भन्ने कुरालाई सामान्य रुपमा स्वीकार गर्नुप¥यो ।’
महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले उनीहरुका बिचमा बिग्रहको बिजारोपण भएको टिप्पणी गरे । ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्नसक्ने उनको भनाई छ ।
उनले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अप्ठ्यारोमा पार्नुभएको मैले याद गरें । प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रैआना सत्य थियो । त्यो जनताको पक्षमा थियो । त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भन्दैगर्दा हालका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दै गर्दा मलाई अलिकति सहानुभुति प्रकट गर्न मन लाग्यो । यो हेर्दा सामान्य अलमल देखिएपनि यसलाई मैले सामान्य अलमल मानेको छैन । किनकी यो विषयको हल नगरीकन, यो विषयको बारेमा एकपटक पनि छलफल नगरीकन, सामान्य शुभेच्छा पनि नगरीकन दुईवटा पार्टी एकठाउँ जोडिनुभएको छ । आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने यो विषय नै जुन विषय यो भन्दा अघिल्लो प्रतिनिधि सभामा उहाँहरुको बीचको बिग्रहको कारक बन्यो । यो विषयको बिजारोपण आज फेरि भयो । यो नै उहाँहरु बीचको बिग्रहको कारक बन्छ । किनकी यो विषय हेर्दा सामान्य देखिएतापनि नेपालको संविधानलाई कसरी लिने, संवैधानिक व्यवस्थालाई कसरी लिने भन्ने मुलभुत विषयहरु हुन् । यि विषय केही पनि होइनन् भन्ने हो भने अघिल्लो पटक संसद विघटन किन भयो ? यसको उत्तर के हो ?’
महामन्त्री थापाले सरकारले सरकारको भुमिका र प्रतिपक्षले प्रतिपक्षको भुमिका इमान्दारीतापूर्वक निर्वाह गरेमा संसदमा कुनैपनि समस्या नआउने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया