हामीलाई समस्याहरू केलाएर बस्ने छुट छैन, समाधानतिर बढौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई समस्याहरू केलायएर बस्ने छुट नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले समस्या केलाएर बस्ने भन्दा समाधानको सुत्र खोज्नतिर लाग्नुपर्ने बताए ।
‘भर्खरै हामी जनताकाबीचबाट आएका छौँ,’ उनले भने, ‘त्यसैले जनताका गुनासा, चासोलाई अत्यन्त नजिकबाट नियालेका छौँ । हामीलाई समस्याहरू केलाएर बस्ने छुट छैन । समाधानको सुत्र खोज्ने तिर लाग्नुपर्छ । समाधानतिर अगाडि बढ्नु छ ।’
उनले फरक फरक पृष्ठभूमिबाट आएका दलहरू भएता पनि सुशासन र समृद्धिकोका सवालमा साझा प्रतिबद्धताहरू रहेको बताएका छन् । ‘हामी फरक फरक पृष्ठभूमिबाट आएका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर जनतासँगको सुशासन र समृद्धिको सवालमा हाम्रा प्रतिबद्धताहरू साझा रहेका छन् । मलाई विश्वास छ हामी प्रतिक्रियको होइन क्रियको राजनीति गर्ने छौँ ।’
उनले निर्वाचनबाट आएका नयाँ दललाई पनि स्वागत गरे । ‘यसपटक यो पटक प्रतिनिधिसभामा नयाँ दलहरूको प्रवेश भएको छ,’ उनले भने, ‘तपाईंहरूको प्रवेश लोकतन्त्र र सम्प्रभुताको जित हो ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया