रावलको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली घोषणा

कैलाली- विन्दु रावलको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
टोलीको उपकप्तानमा कविता कुँवर छनौटमा परेकी छिन भने सदस्यहरूमा रुबी पोदार, शोभा रोकाया, कविता जोशी, रितु कनौजिया, डली भट्ट, ईश्वरी विष्ट, स्नेहा महरा, सम्झना खड्का, यशोदा विष्ट, मनिषा चौधरी, रेवती धामी र रविना साउद छन्।
यस्तै लक्ष्मी साउद, अनु खडायत, राधिका पुजारा र लक्ष्मी खड्का वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन्। टिमको प्रशिक्षकमा जानकी भट्ट र टिम व्यवस्थापनमा माया रावत साउद रहेका छन्।
पुस १८ देखि २३ गतेसम्म कैलालीमा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा प्रदेशको टोली घोषणा गरिएको हो। पुस २९ गतेदेखि इटहरीमा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_DjYIV35z4s_jkowf6ivcqzaxr1uvsbcoms12gyzppqah2frdf6t4xcjkaprh3qwojrs2nag.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया