शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना, चार जनाको मृत्यु*

कैलाली - भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउनजिकै दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको ज्यान गएको हो।

स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका-१ व्यावसाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ। उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रा गरिरहेका थिए।

मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन।  बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ ।

टिकापुर आउँदै गरेको बसलाई दुवैतर्फबाट विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको बताइएको छ ।

* यसअघि यही समाचारमा तीन नेपालीसहित चार जनाको मृत्यु भएको हुनुपर्नेमा स्थानीयले दिएको जानकारी अनुसार १४ नेपालीको मृत्यु हुन गएकोमा क्षमापार्थीसहित सच्याइएको छ । - सम्पादक