प्रतिसेयर आम्दानीले किन निर्धारण गर्दैन दोस्रो बजारमा सेयर मूल्य ?

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत) मा प्रतिसेयर आम्दानीका हिसाबले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनबी (नेपाल बंगलादेश) बैंक, प्रभु बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम बैंक पहिलो पाँच स्थानमा छन् । बैंकको खुद नाफा अर्थात् करपछिको नाफालाई सेयर संख्याले भाग गर्दा आउने भागफल हो । यस हिसाबले प्रतिसेयर आम्दानी उच्च हुनेमा उल्लेखित बैंकहरू पहिलो १० को सूचीमा छन् भने सेञ्चुरी, सिभिल, नेपाल एसबीआई, एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंक र सिटीजन्स बैंक अन्तिम पाँच स्थानमा छन् ।
यद्यपि, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा कारोबार हुँदा भने प्रतिसेयर आम्दानीका आधारमा सेयर मूल्य निर्धारण भएको देखिदैंन । प्रतिसेयर आम्दानीका हिसाबले तेश्रो स्थानमा रहेको सानिमा बैंकको दोस्रो बजारमा सेयर मूल्य नेपाल एसबीआइ बैंकभन्दा पनि कम देखिन्छ । जबकी सानिमा बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ छ भने नेपाल एसबीआइ बैंकको १२ रुपैयाँ छ ।
त्यस्तै, प्रतिसेयर आम्दानी कम भएपनि ज्वाइन्ट भेन्चर (संयुक्त लगानी)का र सरकारी बैंकहरूको सेयर मूल्य उच्च रहेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ छ । दोस्रो बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयर मूल्य ५८० रुपैयाँ छ । जबकी प्रतिसेयर आम्दानीका हिसाबले चौथो स्थानमा रहेको सिद्धार्थ बैंकको प्रतिकित्ता सेयर मूल्य ४२१ रुपैयाँ छ । प्रतिसेयर आम्दानीको हिसाबले सिद्धार्थ भन्दा सानिमा बैंक राम्रो देखिन्छ, तर सानिमा बैंकको दोस्रो बजारमा सेयर मूल्य ३९४ रुपैयाँ प्रतिकित्ता छ ।
प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको एनसीसी बैंकको कित्ता सेयरमूल्य ३५२ रुपैयाँ छ । सेयर बजारमा लगानीकर्ताले मूलतः कम्पनीको शाख, प्रतिसेयर आम्दानी भन्दा पनि सट्टेबाजी र विभिन्न तथ्यहीन सूचनाका आधारबाट निर्देशित भएर लगानी गर्ने गरेका कारण सूचीकृत कम्पनीको कार्यसम्पादन भन्दा पनि हल्लाले सेयर बजारलाई निर्देशित गरिरहेको हुनसक्ने सेयर बजार विश्लेषक प्रकाश रजौरियाले बताए । एनसीसी बैंकलाई नबिल बैंकले खरिद गर्ने (अक्वाएर) गर्ने हल्लाले केही महिना अघि उक्त बैंकको सेयर ह्वात्तै बढेको थियो । कतिपय अवस्थामा लगानीकर्ताले राइट ब्याक या राम्रो कार्य सम्पादन हुनसक्ने, मर्जर तथा खरिद र अन्य भविष्यमा राम्रो हुनसक्ने सम्भावना समेतका आधारमा सेयरमा लगानी गर्ने भएकाले कम्पनीहरूको प्रतिसेयर आम्दानीले मात्र दोस्रो बजारको मूल्य निर्धारण नगर्ने भएपनि लगानीकर्ताले प्रतिफललाई ख्याल गरेर विवेकशील ढङ्गले लगानी गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिसेयर आम्दानीको तुलनामा दोस्रो बजारमा सेयरको मूल्य उच्च रहँदा उच्च मूल्य आय अनुपात सिभिल बैंकको सेयरमा देखिन्छ । त्यस्तै, एभरेष्ट र हिमालयन बैंकको पनि प्रतिसेयर आम्दानी कमजोर भएपनि सेयरको मूल्य उच्च हुँदा मूल्य–आय आम्दानी अनुपात उच्च देखिन्छ ।
बैक |
सेयर मूल्य |
प्रतिसेयर आम्दानी |
मूल्य आय अनुपात |
रावा बैंक |
नेप्सेमा सूचीकृत छैन |
४७ |
|
नबिल बैंक |
१२७० |
३७ |
३५ |
एनआइसी बैंक |
८९७ |
३५ |
२६ |
सानिमा बैंक |
३९४ |
२६ |
१५ |
सिद्धार्थ बैंक |
४२१ |
२५ |
१७ |
एनबी बैंक |
३७९ |
२५ |
१५ |
प्रभु बैंक |
४३३ |
२५ |
१७ |
नेपाल बैंक |
४१७ |
२४ |
१७ |
नेपाल इन्भेष्टमेन्ट बैंक |
४४७ |
२३ |
१९ |
प्राइम बैंक |
४२९ |
२३ |
१८ |
एभरेष्ट बैंक |
७२९ |
२३ |
३२ |
कृषि विकास बैंक |
४१९ |
२२ |
१९ |
ग्लोबल आइएमइ बैंक |
४२७ |
२२ |
१९ |
एनएमबी बैंक |
४१४ |
२१ |
२० |
माछापुछ्रे बैंक |
३०५ |
१९ |
१६ |
स्ट्याण्डर्ड चार्टर्ड बैंक |
५८० |
१८ |
१७ |
मेगा बैंक |
३०३ |
१८ |
१७ |
कुमारी बैंक |
३१४ |
१७ |
१८ |
बीओके |
३०३ |
१६ |
१९ |
हिमालयन बैंक |
४९२ |
१६ |
३१ |
लक्ष्मी बैंक |
२९३ |
१६ |
१८ |
सनराइज बैंक |
३०२ |
१६ |
१९ |
सिटीजन्स बैंक |
३०९ |
१६ |
२० |
एनसीसी बैंक |
३५२ |
१४ |
२५ |
नेपाल एसबीआइ बैंक |
३९७ |
१२ |
३२ |
सिभिल बैंक |
२२९ |
६ |
३९ |
सेञ्चुरी बैंक |
२३३ |
५ |
४४ |

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया